gay hentai porn
gay porn tube
milf porn movies

AWC Press statement on current crisis

Print

मितिः २०७२ मंसिर ४

                                              प्रेस विज्ञप्ति

असोज ३, २०७२ मा नेपालको नयाँ संविधान जारी गरेपछि मधेश केन्द्रित दलको नेतृत्वमा जारी आन्दोलन हिंसात्मक बन्दै गएको क्रममा ४ दर्जन भन्दा बढी मानिसको ज्यान गईसकेको छ । आन्दोलनकै बाहनामा देशमा नाकाबन्दी लागेकोले औषधी, ईन्धन, खाद्य वस्तु लगाएत अत्यावश्यक सामाग्रीहरुको चरम अभाव भै मानवीय संकट उत्पन्न भएको सन्दर्भमा विशेष गरी औषधीको अभावमा कतिपयको ज्यानै जाने स्थिती आएपछि चिकित्सकहरुबाट आक्रोस अभिव्यक्त हुन थाल्यो ।


यसै सन्दर्भमा आन्दोलनको नेतृत्व गर्ने मधेशी मोर्चाले मिति २०७२ मंसीर ३ गते जोगवनी नाकाबाट मात्र निर्वाध औषधी आयत गर्न दिने र विद्यालयहरु विहानको समयमा मात्र खोल्न दिने घोषणा ग¥यो । चिकित्सक र शिक्षा जस्तो विषयलाई समेत नियन्त्रित गर्ने गरेको घोषणाको लगत्तै जनकपुर लैजाँदै गरेको औषधी बोकेको ट्रकमा आन्दोलनकारीले पेट्रोल वम आक्रमण गरी ध्वस्त बनाएको र मोरङ्गको कटहरीमा विरामी वच्चा बोकेको एम्बुलेन्स तोडफोड गरेको घटनाप्रति जवाफदेहिता निगरानी समिति आक्रोसित भएको छ ।


जवाफदेहिता निगरानी समितिले सरकार लगाएत आन्दोलनकारी दलहरुलाई जिम्मेवार भएर समस्याको समाधान निकाल्न विज्ञप्तिहरु मार्फत पटक पटक आह्वान गर्दै आईरहेको छ । तर समस्याको शान्तिपूर्ण समाधानका लागि पहल गर्नुको सट्टा अझ हिंसा बढाउने र यसलाई गम्भिर संकटमा फसाउने कृयाकलाप भईरहेको छ । शान्तिपूर्ण आन्दोलन मार्फत आफ्ना मागहरु राख्न पाउने सबैको अधिकार हो तर हिंसा र अराजक गतिविधिद्वारा मानवअधिकारको हनन्मा उद्यत हुनुलाई किमार्थ शान्तिपूर्ण आन्दोलन मान्न सकिन्न ।


जवाफदेहिता निगरानी समिति सरकार र आन्दोलनरत पक्षलाई जनातको आधारभूत र अहरणीय अधिकारको निर्वाध उपभोगका लागि उत्तरदायी बन्न आह्वान गर्दछ ।


सुशील प्याकुरेल
अध्यक्ष

2011. © Accountability Watch Committee.
Powered by Joomla 1.7 Templates